काठमाडौँ, ९ असार । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बतको ल्हासा पुगेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरे । साथै सरकार प्रमुख छी चालासँग शिष्टाचार भेट समेत गरे ।

Advertisement

बिहान : बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुम्ने र त्यसपछि तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् ।

दिउँसो : ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्न जाने कार्यक्रम छ । यो चीनकै एक नमुना कृषि परियोजना हो ।

अति उच्च क्षेत्रमा पनि कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ । तिब्बतियन जनताको गरिबी कम गर्न कृषि उत्पादन बढाउन चीन सरकारले तिब्बतमा सञ्चालन गरेको यो महत्वाकांक्षी परियोजना हो ।

साँझ : छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।

भ्रमण तालिकाअनुसार आइतबार प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!