काठमाडौँ, ९ असार । सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा इंग्लिस टोलीका प्रशिक्षक कापेलोले प्रदर्शनमा ह्रास आउन सक्ने जनाउँदै खेलाडीलाई यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएका थिए ।
अझ दक्षिण अफ्रिका भ्रमणका क्रममा खेलाडीले आफूसाथ श्रीमती वा प्रेमिका ल्याउन नपाउनेसमेत घोषणा कापेलोले गरेका थिए । उनको योजना खासै सफल भएन । इंग्ल्यान्ड विश्वकपबाटै बाहिरियो ।यो एउटा उदाहरण मात्र हो ।
विश्वकप आउँदा खेलाडी र प्रशिक्षकबीच एउटा समस्या हुने गर्छ । श्रीमती वा प्रेमिकासँग सँगै बस्न पाउने कि नपाउने रु उदार हृदयका प्रशिक्षकले खेलाडीलाई सबै कुरामा छुट दिन्छन् ।
जो कापेलोजस्ता कठोर मनका हुन्छन्, उनीहरूले केही पनि गर्न दिँदैनन् ।अहिले रसियामा अप्रत्याशित नतिजाका साथ विश्वकपको दोस्रो चरण खेल सुरु भइसकेको छ । सहभागी राष्ट्रका खेलाडी आ–आफनो टिमलाई जिताउन लागिपरेका छन् ।
उनीहरूको पारिवारिक जीवनमा असर परेको छ ।खेलाडीलाई श्रीमती वा प्रेमिकासँग यौनसम्पर्क राख्न प्रशिक्षक हेमिरले छुट दिएका छन्तर, आयरल्यान्डका प्रशिक्षक हेमिर हाल्ग्रम्सनले खेलाडीलाई फिट र मानसिक रूपमा बलियो पार्न नयाँ योजना बनाएका छन्।
खेलाडीलाई श्रीमती वा प्रेमिकासँग यौनसम्पर्क राख्न प्रशिक्षक हेमिरले छुट दिएका छन् ।