एजेन्सी 

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले टोलीका अन्य खेलाडीका कारण लियोनेल मेस्सीले सन् २०१८ को विश्वकपमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बताएका छन् ।

Advertisement

सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेलिरहेका मेस्सीले क्रोएसियासँग ३–० को लज्जास्पद हार बेहोर्ने क्रममा कुनै प्रभाव पार्न सकेनन् ।

यद्यपि, साम्पाओली भने यसमा मेस्सीको कुनै दोष देख्दैनन्, बरु मेस्सीबाहेक टोलीका अन्य सदस्यको गल्ती औँल्याउँछन् । पराजयपछि उनले भने, ‘अर्जेन्टिनी टोलीको वास्तविकता यस्तो छ कि यसले मेस्सीको उत्कृष्टतालाई ओझेलमा पार्छ । मेस्सी सिमित बन्छन् किनभने टोलीका अन्य सदस्यले उनलाई साथ दिँदैनन् ।’

गोलकिपरको गल्ती र कप्तान मेस्सीको कमजोर प्रदर्शनबाट ध्यान हटाउन उनले पराजयको जिम्मा पनि आफूले लिए । ‘यसमा प्रशिक्षकको आंशिक जिम्मेवारी होइन्, पूर्ण जिम्मेवारी हुन्छ,’ विश्वकपको समूह चरणमा सन् १९५८ पछि कै सबैभन्दा ठूलो हार बेहोरेपछि उनले भने ।

पराजयपछि अर्जेन्टिना दुई खेलपछि समूह डीमा एक अंकसहित तेस्रो स्थानमा सिमित रहेको छ । दोस्रो चरणमा पुग्न अर्जेन्टिनाका लागि कठिन बन्दै गएको छ ।

‘काबालेरोलाई दोष दिनु सही होइन,’ उनले भने, ‘यदी मैले भिन्न तरिकाले योजना बनाएको भए सायद नतिजा फरक हुन्थ्यो होला । मेरो योजनाले विपक्षीलाई दबाबमा राख्छ भन्ने लागेको थियो । तर, पहिलो गोलपछि हामी भावनात्मक रुपमा पराजित भयौँ ।’

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले अब समूह चरणको अन्तिम खेलमा नाइजेरियाको सामना गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!