काठमाडौँ, ७ असार । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गुरुपूर्णिमाको दिनलाई राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ ।

Advertisement

चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले नेपाललाई आध्यामिक र योग पर्यटन केन्द्र बनाउन सरकार लागिपर्ने जानकारी दिनुभयो ।

योगमार्फत समाजमा रहेका जातीय विभेदलाई अन्त्य गर्दै सामाजिक सद्भाव राख्न सकिने बताउँदै उहाँले राजनीतिक दलका नेताले आफ्नो जीवनशैलीलाई बदल्नका लागि योग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वामी आनन्द अरुणले भने योग र ध्यानको विश्वमा नै आवश्यकता रहेको उल्लेख गदै नेपालले बुद्ध जयन्तीको दिन राष्ट्रिय ध्यान दिवस मनाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले योगको लोकप्रियता विद्यालयमा समेत बढेकाले योग शिक्षालाई पाठ्यक्रममा समावेश गर्न पहल गरिने बताउनुभयो ।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालले योगलाई शिक्षासँग जोड्ने प्रयास भइरहेको बताउनुभयो । प्राकृतिक चिकित्सक डा हरि पोखरेलल योग र मानवस्वास्थ्य तथा टिएन पथिकले योग र शिक्षाबारे प्रवचन दिनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!