काठमाडौँ, ६ असार । बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ ।
रु १५ हजार ५५५ नगद राशि तथा ताम्रपत्रसहितको ‘बेबिलोन स्रस्टा सम्मान २०७५’बाट शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने निर्णय गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताउनुभयो ।
इतिहास तथा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणमा शताब्दी पुरुष जोशीले पु¥याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै उहाँलाई सो सम्मान गर्न लागिएको हो ।
बेबिलोन स्कुल बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल अवार्ड, आइएसए) २०१५–२०१८ बाट पुरस्कृत विद्यालय हो ।
विद्यालयले यही असार १० गते एक कार्यक्रमको आयोजना गरी शताब्दी पुरुष जोशीलाई सो सम्मान प्रदान गर्ने प्रिन्सिपल राईले बताउनुभयो ।
सोही दिन विद्यालयले मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोस्रो उपत्यकाव्यापी राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगितासमेत आयोजना गर्नेछ ।