एजेन्सी

काठमाडौँ, ६ असार । विश्वकै सबैभन्दा वृद्ध सुमात्रन ओराङ्गुटनको ६२ वर्षको उमेरमा मृत्यु भएको छ।  उसको अस्ट्रेलियाली चिडियाखानामा मृत्यु भएको हो।

Advertisement

हाल उनका ५४ वंशज जीवित छन्। बुढ्यौलीसँग सम्बन्धित जटिलता बढेपछि प्वान नाम गरेकी पोथी ओराङ्गुटनलाई पर्थको एक चिडियाघरमा  चिरनिद्रामा सुताइएको हो।

प्वानलाई सन् १९६८ देखि सो चिडियाखानामा राखिएको थियो। सन् २०१६ मा गिनिस वर्ल्ड रेकर्ड्सले उनलाई आफ्नो प्रजातिको वृद्धतम जनावरका रूपमा मानेको थियो।सो चिडियाखानाका अनुसार गम्भीर सङ्कटापन्न सुमात्रन ओराङ्गुटनको आयु प्राकृतिक वासस्थानमा ५० वर्ष पनि पुग्दैन।

उनका ११ सन्तान र तिनबाट जन्मेका समेत गरेर ५४ वंशजहरू अमेरिका, युरोप र अन्यत्र छरिए रहेका छन्। उनका केही वंशजहरूलाई सुमात्राका वनक्षेत्रमा छाडिएको छ। विश्व वन्यजन्तु कोषका अनुसार हाल सुमात्रन ओराङ्गुटनको सङ्ख्या १४,६०० जति छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!