काठमाडौँ, ६ असार । रुस विश्वकप २०१८ को पहिलो खेलमा जापानले चीरपरिचित प्रतिद्वन्द्वी कोलम्बियालाई पराजित गरेको छ। एसियाबाट सहभागी जापानले मंगलबारको पहिलो खेलमा दक्षिण अमेरिकी पावरहाउसको उपमा पाएको कोलम्बियालाई १ विरुद्ध २ गोलले पराजित गरेको हो।

Advertisement

जापानका लागि सिन्जी कागावाले खेल सुरु भएको छैठौँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएका थिए। जसलाई कोलम्बियाका जुवन कुन्टेरोले ३९ औँ मिनेटमा बराबरीमा ल्याए।

त्यसपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो। खेलको ७३ औँ मिनेटमा जापानका यूया ओसाकोले हेडमार्फत सुन्दर गोल गर्दै पुनः अग्रता दिलाए।

ओकासोको उक्त गोल नै निर्णायक बन्न पुग्यो। समूह एचको पहिलो खेलमा जापानले कोलम्बियालाई पराजित गरेर विगतका हारको बदला लिएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!