झापा, ३ असार। उत्पादित दूधको बिक्री नहुँदा बिर्तामोडका कृषकले सडकमा दूध पोखेका छन् ।

Advertisement

दैनिक उत्पादित दूध जिल्लास्थित एनएमसी डेरीले खरिद गरी लैजाने गरेकोमा हाल दूध उत्पादन बढी भएको भन्दै खरिद नगरेपछि कृषकले उत्पादित दूध सडकमा पोखेर विरोध जनाएका छन ।

चार वर्षदेखि नेपाल बहुउद्देश्यीय सहकारी लिमिटेड मेचीनगरबाट सञ्चालित एमएनसी डेरीले ऋण दिएर गाई पालना गर्न लगाएको तर अहिले दूध खरिद नगरिदिएको भन्दै आफूहरुले सडकमा दूध पोखेको स्थानीय चन्द्रप्रसाद खरेलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!