राजविराज, १ असार । सप्तरीको राजविराज नगरपालिका १५ मा एक जना गर्भवतीको हत्या भएको छ ।

Advertisement

राजविराज वडा नम्बर १५ मुसहर्नियाकी ४ महिने गर्भवती १७ वर्षीया वेचनकुमारी शाहलाई हत्या गरी ट्वाइलेटको रिङमा हालेको अवस्थामा शुक्रवार शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताए । गर्भवती रहेकी बेचनी कुमारीको करीब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँमै दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शव भेटिएको हो ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राखेको छ । मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर बेपत्ता भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइसकेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । पतिले नै हत्या गरेको मृतक बेचनीको माइती पक्षले आरोप लगाएका छन् ।

यसअघि दुई दिनअगाडि पनि राजविराज नगरपालिका–९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा, जेठान र श्रीमतीले कुटपिट गरी हत्या गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!