काठमाडौँ, १ असार । आर्थिक वर्ष ०७५/७६ का लागि आज (शुक्रबार) सबै प्रदेश सरकारले बजेट ल्याउँदै छन् । मुलुक संघीय संरचनामा गएसँगै सातै प्रदेशका सभा बैठकमा पहिलोपटक बजेट पेश गर्न लागिएको हो।

Advertisement

संघीय सरकारले कुल बजेटको १३।९८ प्रतिशत प्रदेश सरकारलाई पठाएको छ। संघीय सरकारले पठाएको बजेट र आन्तरिक स्रोतलाई आधार मानी प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था गरिएको छ। आगामी वर्षको नीति तथा कार्यक्रम सबै प्रदेश सरकारले सार्वजनिक गरिसकेका छन्।

संघीय सरकारले संवैधानिक व्यवस्थाअनुसार नै जेठ १५ गते बजेट ल्याएको थियो। स्थानीय सरकारले भने असार १० गतेसम्ममा बजेट ल्याउनुपर्ने व्यवस्था छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!