भक्तपुर, ३१ जेठ । श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागेश्वरी नगरपालिका–२ आलापोटबाट पक्राउ गरेको हो ।

यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो ।

माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!