काठमाडौँ, २३ जेठ । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ ।

Advertisement

नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो ।

यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थियो ।

हेन्द्रीलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले प्रश्न सोधेका थिए । सन् २०१५ मा यमग्रह पुगेको अन्तरिक्षयान हाल त्यहाँबाट क्षुद्रग्रह  पुच्छ्र्रेतारातिर अघि बढेको छ । यानमा सन् २०४० सम्मलाई पुग्ने ब्याट्री रहेको जनाइएको छ ।

यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर पनि यानले खिंचेर नासामा पठाएको थियो । हेन्द्री नासाको न्यू होराइजन मिशन र यान बनाउने काममा समेत संलग्न हुनुहुन्छ । यमग्रह हो वा होइन भन्नेमा अहिले पनि विवाद छ ।

उहाँले भने यमलाई ग्रह नै हो भनी ठोकुवा गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!