काठमाडौँ, २३ जेठ । बुधबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
सुन प्रति तोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८०० रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी अघिल्लो कारोबारमा ७६० रुपैयाँ प्रतितोला थियो ।