एजेन्सी

मानिसहरूले मार्केटिङको लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । जापानको एक रेस्टुरेन्टले पनि ग्राहक तान्नको लागि यस्तै हतकण्डा अपनाइरहेको छ । प्लेट बनेर बसेकी युवतीको शरीरबाट खाना खान मानिसहरूको लामो लाइन लाग्छ ।

Advertisement

जापानमा ‘न्योटाइमोरी एक्सपेरियन्स’ नामको रेस्टुरेन्ट निकै प्रख्यात छ । यो रेस्टुरेन्ट प्रख्यात हुनुको पछाडि एउटा अचम्मको कारण छ । यहाँ नग्न युवतीहरूको शरीरमा खानेकुरा पस्किने गरिन्छ । र त्यही प्लेट बनेर बसेकी युवतीको शरीरबाट खाना खानको लागि मानिसहरू लाइन पनि लामै हुने समाचारमा जनाइएको छ ।

रिपोर्टहरूका अनुुसार नग्न अवस्थामा रहेका युवतीको शरीरमा विभिन्न व्यञ्जन राखेर सजाउने गरिन्छ । ती युवती डाइनिङ टेबलमा लमतन्न सुतेकी हुन्छिन् । यहाँ आउने ग्राहकहरूले आफ्नो इच्छा अनुसार खानेकुुरा युवतीको शरीरबाट झिकेर खान्छन् । जसलाई जे खानेकुरा मन पर्छ उसले त्यो खानेकुरा खान सक्छ । विशेषगरी यो रेस्टुरेन्टमा माछाका परिकार बढी पाइन्छ ।

नग्न युवतीको शरीरमा खाना पस्किने चलन जापानमा वर्षौँदेखि चल्दै आएको छ । जसलाई जापानमा न्योटाइमोरी अर्थात् ठुलो सुशी भनिन्छ । यो शब्दको अर्थ शरीरबाट बनेको प्लेट भन्ने हुन्छ । न्योटाइमोरी एक्सपेरियन्स’ रेस्टुरेन्टको वेबसाइटमा बताइए अनुसार यस्तो चलन जापानको साथसाथै अन्य देशमा पनि अपनाउन थालिएको छ ।

यसअघि चीनमा पनि यस्तो चलन कायम थियो । तर यसको विरोध भए पनि त्यहाँबाट हटाइयो । मानिसहरूले यस्तो कार्यलाई घट्या, यातना तथा मानिसकै अपमान हो भन्थे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!