काठमाडौँ।  यही जुन १४ बाट रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम घोषणा भएको छ। फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो।

Advertisement

फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो। वर्तमान विश्व फुटबलका चर्चित र उत्कृष्ट खेलाडीहरुले खेल्ने विश्वकपमा केही चर्चित र स्टार नामहरु भने हुनेछैनन्।

सन् २०१४ मा ब्राजिलमा च्याम्पियन बनेका जर्मनीको ९ खेलाडी यस विश्वकपमा समेत छन् । विश्वकपमा छनोट हुन असफल भएका इटली, चिली र नेदरल्याण्ड्सका सम्पूर्ण खेलाडीले विश्वकप गुमाउनेछन्। यस्तै विश्वकपमा छनोट हुन असफल भएका केही साना देशका ठूला स्टार पनि यस पटक विश्वकपमा हुनेछनैनन्।

रसिया विश्वकपमा नदेखिने चर्चित नामहरुमा गोलरक्षकहरु जियानलुजी बफोन, अर्जेन्टिनाका सर्जियो रोमेरो, स्लोभाकियाका जोन अब्लाक, डिफेण्डरहरुमा डाले ब्लाइण्ड, डेविड अलावा, भान जिक, माउरो इकार्डी, आर्येन रोवेन, अर्टुरो भिदाल, एलेक्स सान्चेज, मेमफिस डिपाए, पिएरे एमरिक औवामेयाङ, एलेकजान्डर लाजाकाटे, अल्भारो मोराटा, लरेय साने, क्रिस्टियन बनेटेके लगायत छन्।

रसियामा विश्वकप खेल्ने ३२ देशका अन्तिम खेलाडीको लिस्टका लागि यहाँ क्लिक गर्नुहोस्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!