Avatar photoSangalo Khabar

काठमाण्डौं, १६ जेठ । आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि धनकुटामा १ अर्ब ६४ करोड ६३ लाख बजेट बिनियोजन भएको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा स्थानीय तहको लागि बजेट छुट्याइएको हो ।

Advertisement

जसमध्ये सवैभन्दा बढी धनकुटा नगरपालिकामा ३४ करोड १२ लाख बजेट छुट्याईएको छ । त्यस्तै सवैभन्दा कम छथर जोरपाटी गाउँपालिकामा १७ करोड ९० लाख बजेट बिनियोजन भएको छ ।

यता महालक्ष्मी नगरपालिकामा २७ करोड ७० लाख, पाख्रीवास नगरपालिकामा २० करोड ७० लाख, चौबिसे गाउँपालिकामा २२ करोड ९० लाख, सागुरीगढी गाउँपालिकामा २२ करोड ४१ लाख र शहीदभूमी गाउँपालिकामा १८ करोड ९० लाख बजेट छुट्याईएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बजेट सार्वजनिक गरेको छ । जसमध्ये प्रदेश नम्बर १ का लागि १९ अर्ब ८८ करोड बजेट बिनियोजन गरिएको छ ।

यो पनि हेर्नुहोस्…

कुन स्थानीय तहलाई कति बजेट ? (विवरणसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement