काठमाडौँ, १५ जेठ ।  सरकारले युवा उद्यमीलाई लगानीमा आकर्षित गर्ने उद्देश्यले व्यवसाय च्यालेन्ज फन्ड बनाउने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आज संसदमा गरेको बजेट भाषणमा महिलालाई महिलालाई स्वरोजगार बनाउन उद्यमशीलता तालिमको व्यवस्था गरिने छ ।

Advertisement

त्यस्तै, हाल देशभित्र पर्याप्त अवसरको विकास नभइसकेको अवस्थामा अल्पकालीन रणनीतिको रुपमा वैदेशिक रोजगारीलाई उपयोग गरिने छ । तर, शिप सिकेरमात्रै विदेश जान पाइने छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सबै प्रदेशमा  श्रम सेवा कार्यालयको स्थापना गरिनेछ । यस्तै विदेशबाट फर्किने युवालाई परियोजनामा आधारित १० लाख ऋण दिने र त्यस्तो ऋणको सुरक्षणको लागि बीमाको व्यवस्था गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!