अनलाइनखबर

काठमाडौं, ९ जेठ । युवा क्रिकेटर सन्दीप लामिछाने ‘करिश्म्याटिक एण्ड स्टाइलिस प्लेयर’ साथै ‘दि युथ आइकन अफ नेपाल २०१८’ बाट सम्मानित भएका छन् ।

Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट आफ्नो प्रतिभा देखाएका मंगलबार फर्किएका सन्दीपलाई केडिया अर्गनाइजेसनले एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

बुधबार डीएभी स्कूलमा भएको सम्मान कार्यक्रममा सन्दीपले विद्यार्थीहरुलाई पढाइसँगै आफूलाई इच्छा लागेका अन्य क्रियाकलापमा लाग्न प्रेरणा दिए । आफू सानो बेला भारतमा हुँदादेखि नै क्रिकेटमा मोह रहेको र नेपालमा आएर खेल्ने इच्छा भएको उनले सुनाए ।

‘सबै जनाको एउटा सपना हुन्छ । आफ्नो देशका लागि केही गर्ने । राम्रो मान्छे बन्ने । त्यसका लागि मेहनत र संघर्ष भने गरिरहनुपर्छ । मेहनत गर्दा त्यसको उपलब्धी पनि मिल्छ’ उनले भने ।

उनले आफूले गरेको कामका लागि सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए । केडिया अर्गनाइजेसनसँगै रिलायन्स ग्रुप र यति फ्लोरिङको सहकार्यमा सन्दीपलाई सम्मान गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!