
काठमाडौं, ८ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पताल पुगेर राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल पुगेका थिए । उनले घिमिरेको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिए ।
घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् ।उनको अहिले हाइकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ ।साथै आन्तरिक रत्तश्राव पनि भइरहेको छ । ‘अहिलेसम्म चार पिन्ट रगत दिइएको छ ।
तर, अझै आन्तरिक रत्तश्राव रोकिएको छैन’ घिमिरेले भने । चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् र विज्ञको अभाव भएकाले भारतमा लैजान समन्वय भइरहेको कान्छो छोरा राजिवले जानकारी दिए ।


















