काठमाडौं, ७ जेठ । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको छ ।  प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी  छिन् ।

Advertisement

नीति तथा  कार्यक्रममा  मुख्य राजमार्गहरुलाई ‘एक्सप्रेश-वे’का रुपमा विकास गर्ने विषय उल्लेख छ ।

अबको १० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने नीति पनि लिइएको छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन नीति लिएको छ ।

सबै नागरिकका लागि समान अवसर, सरक्षा दिने नीति पनि सरकारले लिएको छ । अबको सबै योजनालाई समयमै सक्ने नीति पनि सरकारले लिएको राष्ट्रपति भण्डारीले बताएकी छिन् ।

सरकारले संघ संस्था र कोषरुमा निस्कि्रय रकम उत्पादनमुलक क्षेत्रमा रकम परिचालन गर्ने, निस्क्रिय लगानीलाई उत्पादनशील क्षेत्रमा लगाउने, सम्पत्ति शुद्धीकरणविरुद्ध कठोर कदम चाल्ने, प्रत्येक नपाली नगरिरकको बैंक खाता खोल्ने, ५ वर्षमा कृषिको उत्पादन दोब्बर बनाउने लगायतका नीति पनि सरकारले लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!