धादिङ,७ जेठ ।  धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ३ मा रहेको जीवनपुर ईटा उद्योगमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

Advertisement

अपरिचित समुहले आईतबार राति साँढे १२ बजे तिरको समयमा बम विष्फोट गराएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।

बम विस्फोटका कारण ईटा उद्योगको चिम्नी, जेनेरेटर, ट्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा ६ लाख बराबरको नोक्सानी भएको छ । विष्फोट गराएको व्यक्ति वा समुहको पहिचान भएको छैन ।

६ महिनाअघि विप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकोले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

६ सय मजदुरले काम गर्ने उद्योगमा मजदुरहरु बिदामा वसेको मौकामा विस्फोट गराइएको थियो । घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!