काठमाडौं, ७ जेठ । सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ ।

Advertisement

डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो ।

उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीलगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाईएको छ भने विभागले एकदुई निदभित्रै मन्त्रालयमा सो सिफारिस पठाउने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!