सोसल मिडियाका लागि तस्बिर खिचेर पोस्ट गर्न हामी सेल्फी स्टिक प्रयोग गर्छौं । यद्यपि यसलाई जहाँसुकै बोकेर जान समस्या हुन्छ । यही कुरालाई ध्यानमा राखी बामडिजाइन कम्पनीले गिकोस्टिक तयार गरेको छ ।
गिकोस्टिकलाई खल्तीमा बोकेर जहाँ पनि लान सकिन्छ । यसलाई कुनै पनि तरिकाले बंग्याउन वा घुमाउन सकिन्छ । यसका साथमा ब्लुटुथ रिमोट पनि उपलब्ध हुन्छ । त्यसैले राम्रो तस्बिर खिच्न यसको प्रयोग गर्न सकिन्छ ।
यो फोटोग्राफरहरूका लागिसमेत उपयोगी हुने कम्पनीको दाबी छ । कम्पनीले यसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २० डलर तोक्ने योजना बनाएको छ ।