

काठमाडौँ,६ जेठ । महोत्तरीको पिपरा गाउँपालिका ६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आारेपमा थुक चाट्न लगाएर सजाय दिएका छन् ।
स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएको नयाँ पत्रिकामा खबर छ ।
गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् । यसबारे साहले माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्न लगाएको समाचारमा उल्लेख छ ।


















