संगालोखबर सम्वाददाता

काठमाण्डौं, ४ जेठ । काठमाण्डौंमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रथम भएको छ । कान्तिपुर डेण्टल कलेजको आयोजनामा भएको प्रतियोगितामा नोबेल प्रथम भएको हो ।

Advertisement

बिजयी नोबेलले सिल्ड र प्रमाणपत्र पाएको नोबेलका ओरल मेडिसिन बिभागका लेक्चरर डा. पियुस शिवहरेले जानकारी दिए ।

नोबेलको तर्फबाट सहभागि बिना श्रेष्ठ, मेलिना मुल्मी, मञ्जुकुमारी शाह र स्लेसा गुरुङलाई कार्यक्रममा भारतीय दन्त चिकित्सक कृति नन्दिनाथले सिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिईन् ।

प्रतियोगितामा उपाधिका लागि राजधानीसहित बिभिन्न जिल्लाका पाँच कलेजवीच प्रतिस्प्रर्धा भएको आयोजकले जनाएको छ ।

बिजयी टिमलाई नोबेल मेडिकल कलेजले एक कार्यक्रम आयोजना गरी सम्मान पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!