नयाँ दिल्ली, ४ जेठ । काश्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको झडपमा परी एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको छ ।

Advertisement

सो क्षेत्रमा झडप अहिले पनि जारी रहेको बताइएको छ । त्यसमा परी अरु दुइजना सर्वसाधारण नागरिक घाइते भएका भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

काश्मिरको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (आइबी)मा भारत र पाकिस्तानको सीमा सुरक्षा गार्डबीच भएको झडपमा भारतीय सुरक्षा बलले ज्यान गुमाएका सो समाचारमा जनाइएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार मध्यराति ०१ बजेतिर पाकिस्तानी सेनाले गोली प्रहार गरेको र यसमा एक भारतीय सीमा सुरक्षा गार्डको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!