काठमाडाैँ, ४ जेठ। एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब २ अर्बको चल–अचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।

Advertisement

माओवादी केन्द्रको चल–अचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब १ अर्ब बराबरको सम्पत्ति रहेको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीइ कार्यालयका दुईवटा भवन छन् ।

त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

यसैबीच, पार्टी एकीकरण भएको खुसीयालीमा बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको छ । विघटित दुई पार्टीका नेता–कार्यकर्तासहित २ सय जना सहभागी भोजको खर्च एकीकृत पार्टीले ब्यहोर्ने छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!