काठमाडौँ, ३ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७५, ०७६ का लागि २० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ ।

Advertisement

केन्द्रको वित्तीय समानीकरण अनुदान र समपुरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट सरकारले ल्याउने भएको हो ।

मन्त्रिपरिषदको बुधबारको १४ औँ बैठकले उक्त रकम बराबरको सिलिङ पठाउने तयारी गरेको छ । यसका लागि जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएको छ ।

पुर्णकालीन बजेटका लागि अर्थ मन्त्रालयले केही दिनमै प्रदेशस्तरका सबै मन्त्रालयबाट बजेटसमबन्धी छलफल गरी सिलिङ माग गर्ने जनाईएको छ ।

सः शर्त र विशेष अनुदानपछि थप हुनेगरी सरकारले बजेट ल्याउने जनाईको छ । नागरिक दैनिकमा  खबर छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!