रासस

भक्तपुर। मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत सुवेदीलाई उनकै भतिज नाता पर्ने कौशलटार घर भएका १९ वर्षीय पारस कोइरालाले कोठामै गई खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो ।

घाइते सुवेदीको बिएन्डबी अस्पतालमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी दिँदै उहाँले फरार कोइरालाको खोजी भइरहेको बताउनुभयो । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!