उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७५ साल जेठ १ गते। मंगलबार। इश्वी सन् २०१८ मे १५ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, १७:५३ बजेउप्रान्त प्रतिपदा।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच भोजनको आनन्द प्राप्त हुनेछ। साँझतिर वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नै कमजोरीले साथीभाइमा वादविवाद निम्त्याउन सक्छ। तापनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम बिग्रन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक फेला पर्नेछन्। साँझतिर टाढाका साथीभाइ नजिकिनेछन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवरोधका बाबजुद चिताएको काम सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा पनि फाइदा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। साँझतिर विशेष धनलाभ हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काममा धेरै समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। साँझतिर दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। गरेका काममा मनग्गे लाभ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। साँझतिर केही काम बन्नेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले नयाँ काम सुरु गर्न सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर हुनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। बेसुरमा बोल्ने बानीले भने अप्ठ्यारो पर्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिवश चिताएको काम समयमा सम्पादन नहुन सक्छ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। केही समय प्रतीक्षा गर्नुपरे पनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। साँझतिर पुरुषार्थी काम सम्पादन गर्न सफल भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
हिस्सेदारसँग मिलेर नयाँ काम प्रारम्भ गर्न सकिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर असहज परिस्थितिका बीच कामको दायित्व बढ्नेछ। समयमै समस्या सुल्झाउन सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। तापनि व्यवसायमा मनग्गे धनलाभ हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। साँझतिर आफन्तमा वैरभाव बढ्न सक्छ। चिताएका काम समयमा गर्न नसकिएला। आफन्तजनको विश्वास गुम्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ।आत्मसम्मानमा बाधा पुग्न सक्छ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। साँझतिर सहयोगीहरूको साथ प्राप्त हुनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!