चितवन, ३१ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै अध्यक्ष यादवले भन्नुभयो “नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु भनेको त्योभन्दा ठूलो राष्ट्रको अपमान अरु के हुन्छ ?”

संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जानकारी दिंदै उहाँले भन्नुभयो, “जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!