संगालोखबर सम्वाददाता

धनकुटा, ३१ बैशाख । धनकुटामा पहिलो पटक नगरपालिका क्षेत्रका विद्यालयस्तरीय जुनियर व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत विद्यालयस्तरीय कक्षा ४ देखि ७ सम्म र माध्यमिक विद्यालयस्तरी कक्षा ८ देखि १० सम्मको फरक–फरक समुह विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको हो ।

Advertisement

प्रतियोगितामा कक्षा ४ देखि ७ समूहको छात्रतर्फ दिप इङलिस बोर्डिङ स्कूलका नवीन न्यौपानेले सोहि विद्यालयका रौनक चौधरीलाई पराजित गर्दै प्रथम भए । चौधरीले दोस्रोमा चित्त बुझाए । यस्तै सोहि समूहका छात्रातर्फ हिले डनवस्को बोर्डिङ स्कूलका कंगन तामाङले निजामती आवासीय विद्यालयका दिव्या डंगोललाई पराजित गरिन् । डंगोल दोस्रो भए ।

यस्तै कक्षा ८ देखि १० समूहअन्तर्गत छात्रतर्फ बालसंसार बोर्डिङ स्कूलका रोनित कट्टेल प्रथम भए भने हिले डनवस्कोका सुजल शाक्य दोस्रो भए । साथै छात्रातर्फको खेलमा बालसंसारकै सुम्निमा राई प्रथम भएभने डनवस्कोका दिलाशा लामिछाने दोस्रो भएको प्रतियोगिताका संयोजक दिपक लामाले जानकारी दिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई जिल्ला व्याडमिन्टन संघका अध्यक्ष यज्ञश्वर श्रेष्ठले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा नगरपालिकाभित्रका विद्यालयका २ सय ५० जना विद्यार्थी सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!