मस्को, २५ वैशाख। रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ ।

Advertisement

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ । सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

यसअघि गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा पनि दुई जना चालक नै मारिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!