धनगढी, २२ वैशाख । प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ ।

Advertisement

भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिए । उनका अनुुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन ।

संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले नौ कोठामा सचिवालयको काम हुँदै आएको छ । उनले कोठा उपलब्ध गराउनेबारे पटक पटक मुख्यमन्त्रीसहित मन्त्रीसँग माग गरिए पनि अझै उपलब्ध नगराइएको बताए । कोठा अभावले अहिले दुई उपसचिव एउटै कोठामा बसेको उनले जानकारी दिए।

यसैगरी केन्द्रबाट पठाइएका २८ कर्मचारीमध्ये एक कानून उपसचिव र दुई शाखा अधिकृतसहित छ कर्मचारी अझै आइपुगेका छैनन् । सचिवालयलाई नयाँ आर्थिक वर्षका लागि १३२ कर्मचारी आवश्यक रहेको सचिवालयका उपसचिव पाण्डेले बताए ।

यसैगरी सचिवालयका लागि नौ गाडी अपुग भएका छन् । समितिका सभापति र प्रमुख सचेतकलाई आवश्यक गाडी उपलब्ध हुन नसकेको उनले जानकारी दिए । अहिले सभामुख, उपसभामुख र सचिवालयका सचिवले मात्र गाडी चढ्ने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!