काठमाडौं, २० वैशाख। नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष एकताको विषयमा सहमतिका लागि बैठक सुरु भएको छ । सहमतिको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार बिहान छलफल भए पनि अन्तिम प्रयास स्वरुपका लागि अहिले बैठक सुरु भएको हो ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा दुई पार्टीबीच ६० र ४० को अनुपातमा एकता गर्ने मोटामोटी सहमति भएको छ । दुई पार्टीबीच सम्मानजनक एकता गर्ने सहमति भएको छ, प्रचण्ड निकट एक नेताले भने, बराबरीमा ५र७ प्रतिशत तलमाथि हुनसक्छ । दुई अध्यक्षले सामूहिक नेतृत्व गर्ने बिषयमा यसअघि नै सहमति भइसकेको थियो । तत्कालका लागि महाधिवेशन आयोजक समिति बनाएर जानेबारे सहमति भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!