काठमाडौँ, १९ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

Advertisement

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको अध्यक्ष प्रचण्डले बताउनुभएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

एकताका विषयमा धेरै विषय मिल्दै गएको र बाँकी रहेका विषयलाई बिहीबार दुई अध्यक्षबीच छलफल गरेर अन्तिम रुप दिने चरणमा पुगेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

बैठकमा उनले एकतालाई सबै तहमा मिलाएर लैजानका लागि संगठनलाई सुदृढ गर्नसमेत बैठकमा निर्देशन दिएका थिए । प्रवक्ता भुसालका अनुसार तलैसम्म कमिटीलाई चुस्त बनाउन र पार्टी सदस्य नवीकरणसहित संगठनलाई अध्यावधिक गर्न पनि  उनले निर्देशन दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!