काठमाडौं, १९ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकीकरण प्रक्रियाले भोलि अन्तिम रुप पाउने बताउनुभएको छ ।

Advertisement

राजधानीमा आज एकीकरण सम्बन्धमा भएका पछिल्लो प्रगतिबारे केन्द्रीय सचिवालय बैठकलाई जानकारी दिदै अध्यक्ष दाहालले समान हैसियत, सम्मान र सहभागीताका साथ एकीकरण हुने बताउनुभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भोलि हुने वान टु वान वार्तामा सहमति हुन बाँकी सवै विषयलाई अन्तिम टुंगो लगाउने तयारी भएको अध्यक्ष दाहालको भनाई थियो । सम्पूर्ण विषयमाथि नीतिगत सहमति भएको बताउदै दाहालले एकीकृत पार्टीको पोलिट्व्युरो, स्थायी, केन्द्रीय कमिटिको सदस्य संख्यालाई समेत अन्तिम रुप दिने बताउनुभएको थियो ।

दुई अध्यक्षबीच पछिल्लो समय भएको वार्ता निष्कर्षविहीन भएपछि आन्तरिक छलफल पछि भोली पुन: वार्ता हुन लागेको हो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले चुनाव चिन्ह, जनयुद्ध शब्दको प्रयोग लगायत बिषयमा सहमति भईसकेकाले अब झिनामसिना कुराले पार्टी एकीकरण प्रक्रिया नरोकिने दावी गर्नुभयो ।

दुई अध्यक्षबीच भोलि हुने वार्ता र त्यसको निष्कर्षपछि पुन: सचिवालय बैठक बस्ने भुषालले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!