काठमाडौँ, १८ वैशाख । पच्चीस सय ६२औँ बुद्धजयन्तीका अवसरमा सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ ।

Advertisement

कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इस्लामावादको सबैभन्दा विशाल उद्यान फातिमा जिन्हा उद्यानमा आयोजित शान्ति पदयात्रामा पाकिस्तानका लागि नेपालका राजदूत सेवा लम्साल अधिकारीले लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा त्यसले पारित गरेका १० बुँदे घोषणापत्रबारे जानकारी दिनुभएको इस्लामावादस्थित नेपाली दूतावासले आज जनाएको छ ।

इस्लामावादस्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा त्यहाँस्थित विभिन्न मुलुकका राजदूत, उच्चायुक्त, कूटनीतिक नियोगका पदाधिकारी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि, पाकिस्तान सरकारका केन्द्रीय तथा स्थानीय पदाधिकारी, सञ्चारकर्मी, नेपाली समुदायका सदस्य तथा सार्वजनिक जीवनका अन्य पाकिस्तानी नागरिक सहभागी हुनुहुन्थ्योे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!