संगालोखबर सम्वाददाता

बिराटनगर, १८ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ ।

०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement

पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २९ हजार ८ सय ७८ महिला र १७ हजार ७ सय ५ पुरुषको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन् । मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा र सप्तरीका ६३ स्थानमा शिविर सञ्चालन गरिएको हो ।

जसमध्ये मोरङमा सवैभन्दा बढी २७ स्थानमा ३९ पटक शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताएका छन् । उनका अनुसार शिविरबाट बालबालिकादेखि बृद्धबृद्धासम्मले निःशुल्क उपचार पाएका छन् ।

निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे सेवा पनि निःशुल्क उपलब्ध गराईएको छ ।

स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् ।

स्वास्थ्य उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलको भनाई छ ।

शिविरमा आएका विरामीले गाउँ–घरमै बिशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार पाउँदा राहत महशुस भएको प्रतिक्रिया दिएका छन् ।

यसैवीच नोबेल अस्पतालबाट ०७४ सालमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरिएको छ । योसँगै नोबेलबाट ०७४ सालमा निःशुल्क उपचार पाउँने बिरामीको संख्या १ लाख ३ हजार ५ सय ४२ पुगेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!