काठमाडौँ, १८ वैशाख । राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताए ।

सो कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याइने तयारी भएको छ । एउटा गाउँका युवालाई एकीकृत गरेर युवाका कार्यक्रम सञ्चालन गर्नका लागि नमूना गाउँ बनाउन थालिएको जानकारी दिए।

“सरकारी, गैरसरकारी निजी क्षेत्रका युवासंग सम्बन्धित कार्यक्रमलाई एकीकृत गरेर युवाको क्षमताअनुसार व्यावसायिक बनाउनका लागि कार्यक्रम गर्न थालिएको हो”, उपाध्यक्ष ढुङ्गेलले भने , “गाउँलाई युवामैत्री बनाइने छ ।”

परिषद्ले स्थानीय तह र जिल्ला युवा समितिलाई नमूना गाउँ छनोट गरेर पठाउन निर्देशन दिइएको र जेठसम्म गाउँको मापदण्ड, विधि तयार गरी छनोट गरिसक्ने योजनामा रहेको उपाध्यक्ष ढुंगेलले बताए। दोस्रो चरणमा नगरपालिकाका पिछडिएका गाउँलाई समेट्ने परिषद्को तयारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!