काठमाडौं, १७ वैशाख । स्टार फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

Advertisement

खेलको सातौं मिनेटमै बार्सिलोनाले कौटिन्होको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए ।

त्यसको तीन मिनेट पनि नबित्दै डोभोर्टिभोका लागि पेरेजले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकियो । दोस्रो हाफ सुरु भएपछि ६४ औं मिनेटमा कोलाकको गोलबाट डोभोर्टिभो बराबरी गर्न सफल भयो ।

तर मेस्सीले ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनी यत्तिमै रोकिएनन् र त्यसको तीन मिनेटपछि अर्थात ८५ औं मिनेटमा पुनः अर्को एक गोल थप्दै ह्याट्रिक पूरा गरे । ३० वर्षे अर्जेन्टिनी स्टार मेस्सीको यो ४६ औं हृयाट्रिक हो ।

त्यसपछि दुवैपक्षबाट कुनै पनि गोल हुन सकेन र ४–२ को नतिजासँगै बार्सिलोना २५ औं पटक ला लिगा च्याम्पियन बन्यो । सबैभन्दा धेरैपटक ला लिगा च्याम्पियन बनेको रेकर्ड रियल मड्रिडसँग छ । उसले ३३ औं पटक ला लिगाको उपाधि उचालेको छ ।

अब लिगमा चार खेल बाँकी छ र चारवटै खेल नहारे बार्सिलोनाले सिंगो सिजन अपराजित टिमको रेकर्ड बनाउनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!