कोहलपुर, १६ वैशाख । छोरी बलात्कार गरेको आरोपमा कोहलपुरमा एक बाबु पक्राउ परेका छन्। जंगलमा सेटा (घरमा बार लगाउनका लागि प्रयोग गरिने) काट्न गएका बेला १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कोहलपुर प्रहरीले जनाएको छ । वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको हो। धेरै केरकार गरेपछि छोरीले आमालाई घटनाबारे बताएकी थिइन्।

Advertisement

आमाले प्रहरीमा जानकारी गराएपछि बाबुलाई पक्राउ गरिएको छ। बालिकाको मेडिकल जाँच गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए। पक्राउ परेका बाबुलाई जबर्जस्ती करणी र हाडनाता करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यसअघि भारतमा हुँदा पनि आरोपीले छोरीलाई बलात्कार गरेका थिए।

यसैबीच जबर्जस्ती करणीका फरार अभियुक्त झण्डै चार वर्षपछि पक्राउ  परेका छन्। २०७१ असार ५ गते बैजनाथ–३, गाभरकी १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका सोही ठाउँका विजय परियार र पुरन बिकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अदालतमा पेश गरिने कोहलपुर प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!