दुनै, डोल्पा, १६ वैशाख ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।

Advertisement

नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो ।

छायाँ सरकारको सहयोगीका रुपमा त्रिपुरासुन्दरी नगरपालिका तरुण दलका संयोजक मदनबहादुर रोकायाको संयोजकत्वमा १८ सदस्यीय तरुण दल समिति गठन गरिएको पनि नेपाली काँग्रेस डोल्पाले जानकारी दिएको छ ।

छायाँ सरकारले त्रिपुरासुन्दरी नगरपालिकाभित्रका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरकारलाई राम्रो काममा सहयोग र नराम्रा काममा विरोध गर्ने पनि जनाइएको छ ।

अबको केही समयमै बाँकी ६ गाउँपालिका र ठूलीभेरी नगरपालिकामा पनि छायाँ सरकार गठन गर्ने तरुण दल, डोल्पाका सभापति तुलबहादुर बोहोराले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!