Sangalo Khabar

धनकुटा, १४ बैशाख । धनकुटा नगरपालिका–३ स्याउलेको ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।

विगतमा शिशु कक्षा सञ्चालन हुदै आएको विद्यालयमा पछिल्लो समय छात्रछात्राको संख्या न्युन हुन थालेपछि त्यसबाट मुक्त हुन अंग्रेजी माध्यमबाट पढाई थालिएको शिक्षिका विमला वाग्लेले जानकारी दिइन् ।

Advertisement

अंग्रेजी माध्यम सुरु गरिएपछि ज्वालादेवीमा बिद्यार्थीको आकर्षण बढेको छ ।

विद्यालयका प्रधानाध्यापक रामहरि सुवेदीले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएसंगै समुदायको चासो र आकर्षण बढेको बताए । उक्त बिद्यालयमा धनकुटा नगरपालिका वडा नं.३ को पहलमा शिक्षकको ब्यवस्था गरिएको छ ।

वडा कार्यालयको पहलमा अंग्रेजी माध्यमबाट पढाउने दुई जना शिक्षकको व्यवस्था गरिएको वडाध्यक्ष विकाश घिमिरेले जानकारी दिएका छन् ।

बिद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री बितरण

स्थानीय अभिभावक बलराम कार्कीले सुक्रवार विद्यालयका नर्सरीदेखि तीन कक्षासम्म अध्ययनरत बालबालिकालाई बिद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामबहादुर थापा, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, अभिभावक लगायतले मन्तव्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement