काठमाडौं, १४ वैशाख । प्रहरीका उच्च अधिकृत नै चेन अफ कमाण्ड तोडेर ३३ किलो सुनकाण्डमासूचना प्रवाह गरेको  तथ्य सार्वजनिक भएपछि आर्ईजीपी सर्वेन्द्र खनाल अप्ठ्यारोमा परेका छन् ।

Advertisement

सुनकाण्डमा पूर्वआईजीपी प्रकाश अर्यालको पनि सलंग्नता रहेको भन्दै प्रहरीको अनुसन्धानबाट खुलेपछि खनाललाई चुनौती थपिएको छ, यो घटनालाई सुल्झाएर कसरी प्रहरीको साख अभिवृद्धि गर्ने भन्ने । अहिलेसम्म खनाल बसेको प्रहरीका संगठनमा उनले आफूलाई अब्बल प्रमाणित गरेका छन् । तर, आईजीपी बनेको एक महिना बित्न नपाउँदै प्रहरीका उच्च अधिकृतहरूलाई नै कारबाही गर्नुपर्ने परिस्थिति उनीसामु खडा भएको छ ।

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वको छानबिन टोलीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी हटाएर बयान लिइसकेको छ । ३३ किलो सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले प्रहरीको भूमिकालाई शंकास्पद रुपमा लिएर छानबिन समितिले गहिराईमै पुगेर जालो खोतल्ने गरी अनुसन्धान थालेको छ ।

पूर्वडिआईजी गोविन्द निरौला पक्राउ परेसँगै पूर्वआईजीपी अर्यालको नाम पनि मुछिएको छ । गृह मन्त्रालयका सहसचिव पौडेल संयोजकत्वमा गठित छानबिन समितिले यस विषयमा अर्यालसँग पनि बयान लिने भएको छ । बयानका लागि छिट्टै उनलाई समितिमा बोलाइने स्रोतले बतायो । ‘सम्भवतः शुक्रबार नै अर्याललाई सोधपुछका लागि बोलाउने तयारी भएको छ,’ गृह मन्त्रालयका एक अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने ।

सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती (गोरे) का आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्न रहँदै आएका नेपाल प्रहरीका एसपी विकासराज खनालविरूद्ध मोरङ प्रहरीले कर्तब्य ज्यान तथा संगठित अपराध निवारण ऐनअनुसार म्याद थप गरेको छ । मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!