Sangalo Khabar

बिराटनगर, १३ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement

बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन् । उनका अनुसार नोबेलको तर्फबाट ४४ हजार ६ सय ३८ जना विरामीलाई १२ करोड १९ लाख ७६ हजार २ सय ५० वरावरको निःशुल्क उपचार गरिएको छ ।

त्यस्तै आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिक औषधि उपचार कोषबाट ११ हजार ३ सय २१ जना विरामीले ८ करोड ६४ लाख ९५ हजार ७ सय ४० वरावरको उपचार सहुलियत पाएका छन् । आमा सुरक्षा कार्यक्रममार्फत १० हजार १ सय २८ जना विरामीले ३ करोड ५४ लाख ३७ हजार मुल्य वरावरको उपचार सेवा पाएका छन् ।

यता विपन्न नागरिक औषधि उपचार कोषबाट १ हजार १ सय ९३ विरामीले ५ करोड १० लाख ५८ हजार ७ सय ४० वरावरको उपचार सहुलियत पाएका हुन् । निःशुल्क उपचार पाउँनेमा मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा लगायत जिल्लाका विरामीको संख्या धेरै छ ।

नोबेल अस्पतालको तर्फबाट कतिपय विरामीलाई पूर्ण रुपमा निःशुल्क उपचार गरिएको छ भने कतिपयले उपचारमा छुट पाएका हुन् । अत्यन्तै न्यून आर्थिक अवस्थाका विरामीलाई नोबेल अस्पतालले निःशुल्क उपचारसँगै औषधि, खाना र विरामीलाई एम्वुलेन्सको ब्यवस्थापनि मिलाईदिएको छ । उपचार गर्ने पैसा नहुँदा मृत्युको मुखमा पुगेका धेरै विरामीलाई नोबेलले निःशुल्क उपचार गरेर बचाएको भन्दै विरामी र विरामीका आफन्तले खुःशी ब्यक्त गरेका छन् ।

मोरङको सुन्दरहरैचा–१२ का विपन्न विरामी नन्दबहादुर परियारको निःशुल्क उपचारपछि उनकी श्रीमति गीता परियारले भनिन् ‘गरिवलाई साथ दिने अस्पताल रहेछ नोबेल ।’ नोबेल अस्पताल सञ्चालक डा.शर्माले उपचार र औषधि निःशुल्क उपलब्ध गराउँनुका साथै खाने, बस्ने र विरामीलाई घर लैजाने एम्वुलेन्सपनि मिलाईदिएको भन्दै परियारले शर्माको शेवा भावको प्रसंसा गरेकी छन् ।

नोबेलले विपन्न विरामीलाई उपचारमा साथ दिएको भन्दै परियारजस्ता हजारौ विरामी र विरामीका आफन्तले नोबेल अस्पताल र सञ्चालक डा.शर्माको प्रसंसा गर्ने गरेका छन् ।

भिडियो रिपोर्ट…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement