काठमाडौं, १३ वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने निर्णय गरेको छ। एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको हाे ।

यस्तै, माक्र्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन्। माक्र्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा ‘आजको माक्र्सवाद र लोकतन्त्र समृद्धि समाजवाद’ लाई मूल विषय राखेर काठमाडौंको राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको हो। आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ।

गोष्ठिमा विभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन्। माओवादी केन्द्रका नेता राम कार्कीले नयाँ पिढीमा माक्र्सवाद नयाँ पिढीमा माक्र्सवाद विषयमा अभिरुची वढाउनु पर्ने बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!