गाईघाट, उदयपुर, १२ वैशाख । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

Advertisement

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको रु चार करोड हिनामिना भएको पाएँ । आफैंले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।”

सामाजिक सुरक्षा भत्ताको रु चार करोड राष्ट्रिय वाणिज्य बैंक, कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडाँैको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

बैंकको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकाल समेत फरार रहिआएका थिए । आज काठमाडौँबाट ढकाललाई अख्तियारको सहयोगमा पक्राउ गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!