काठमाडौं, १२ वैशाख ।  सरकारले वैदेशिक रोजगारी व्यवसायी (म्यानपावर) कम्पनीको नयाँ दर्ता प्रक्रिया रोकेको छ।

Advertisement

सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परे खोल्ने गरी तत्कालका लागि दर्ता प्रक्रिया रोकिएको हो। वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले कामदारका समस्यालाई प्राथमिता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताए।

‘म्यानपावर नभएको कोही विदेश जान नपाएको भए ए त रोकियो मन्ने हुन्थ्यो, म्यानपावर संस्थाको कमी छैन, त्यसैले अहिले वैदेशिक रोजगार क्षेत्रको पनि अन्य कुराको सुधार गर्ने कामलाई प्राथमितामा राखेका छौँ।’ पहिले नै प्रक्रिया पूरा गरेका केही नयाँ कम्पनी दर्ता भए पनि अहिले प्रक्रिया सुरु गर्न चाहने व्यवसायीलाई दर्ता प्रक्रियामा नजान आग्रह गरेको आचार्यको भनाइ छ।

यो वर्ष मात्रै अदालत, प्रधानमन्त्री कार्यालय र मन्त्रीको आदेश तथा निर्देशनमा २०० भन्दा बढी म्यानपावर कम्पनी दर्ता भएका छन्। नयाँ म्यानपावर कम्पनी दर्ताका लागि सात लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बैंक ब्यालेन्स देखाउनुपर्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!