काठमाडौँ, १० वैशाख । कक्षा १ मा भर्ना भएका ३२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० सम्मको अध्ययन गर्ने गरेको पाइएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) ले आज यहाँ ‘वर्तमान शिक्षाका समस्या र चुनौती’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा नेकपा निकट शिक्षक नेता गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो, “६८ प्रतिशत बालबालिका बीचमा नै हराउने गरेका छन्, यसलाई कम गर्न शिक्षामा विशेष नीति बनाएर अघि बढ्न आवश्यक छ ।”

कार्यपत्रमा भनिएको छ, शिक्षामा निजीकरण हावी भएको छ, स्थानीय तहलाई माध्यमिक तहसम्मको जिम्मा दिनाले पनि यस क्षेत्रमा समस्या बढ्दै गएको हो ।”

शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले निजी विद्यालयले पनि राज्यको नीति पूर्णरुपमा अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

शिक्षाविद् डा मनप्रसाद वाग्लेले माध्यमिकसम्मको शिक्षालाई निःशुल्क गराउनका साथै निजी विद्यालय खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!